काठमाडौँ। नेपाल टेलिकमले दसैँ, २०८३ को अवसरमा फाइबर इन्टरनेट प्रयोगकर्ताका लागि विशेष अफर सार्वजनिक गरेको छ। कम्पनीले १२ महिनाको शुल्कमा १३ महिनासम्म सेवा उपलब्ध गराउने घोषणा गरेको हो।

नेपाल टेलिकमका अनुसार यो अफर कम्तीमा १०० एमबीपीएस क्षमताको फाइबर इन्टरनेट प्याकेज लिने ग्राहकका लागि लागू हुनेछ।
त्यस्तै, अफर अवधिमा कुनै पनि प्याकेजमा नयाँ फाइबर इन्टरनेट जडान गर्ने ग्राहकले ५०० रुपैयाँ जडान शुल्कमा पूर्ण छुट पाउनेछन्।
कम्पनीले सार्वजनिक गरेको जानकारीअनुसार यो अफर २०८३ असोज २५ गतेदेखि कार्तिक ३० गतेसम्म सञ्चालन हुनेछ।
दसैँको समयमा परिवार, आफन्त तथा प्रियजनसँग सम्पर्कमा रहन र इन्टरनेट सेवाको सहज उपयोग गर्न ग्राहकलाई प्रोत्साहित गर्ने उद्देश्यले यो अफर ल्याइएको हो।
फाइबर इन्टरनेट जडान तथा मर्मतसम्बन्धी जानकारीका लागि ग्राहकले नेपाल टेलिकमको नम्बर १९८ मा सम्पर्क गर्न सक्नेछन्।
नेपाल टेलिकमले यस अफरमार्फत ग्राहकलाई थप सेवा अवधि र नयाँ जडानमा शुल्क छुटको सुविधा उपलब्ध गराउने जनाएको छ।





Leave a Reply