विगुटार, ओखलढुंगा। सिद्धिचरण नगरपालिका–७ नं. वडा कार्यालय, विगुटारले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीका लागि आगामी असोज २७ गते मंगलबार भत्ता वितरण गर्ने भएको छ।

वडा कार्यालय र लक्ष्मी सनराइज बैंक, ओखलढुंगाको समन्वयमा सञ्चालन हुने भत्ता वितरण कार्यक्रमका लागि वडाभित्रका तीन स्थान र समय निर्धारण गरिएको वडा कार्यालयले जनाएको छ।
निर्धारित तालिकाअनुसार असोज २७ गते बिहान १०:३० बजे वडा कार्यालय भवनमा, दिउँसो १:३० बजे श्री रत्न आधारभूत विद्यालयमा र दिउँसो ३:३० बजे घुन्सा डाँडामा सामाजिक सुरक्षा भत्ता वितरण गरिनेछ।

भत्ता बुझ्न आउने लाभग्राहीले आफ्नो नागरिकताको प्रतिलिपि र सामाजिक सुरक्षा भत्ता परिचयपत्रको प्रतिलिपि साथमा लिएर स्वयं उपस्थित हुनुपर्ने वडा कार्यालयले अनुरोध गरेको छ।
भत्ता वितरणसम्बन्धी थप जानकारी आवश्यक परेमा वडा कार्यालयमा सम्पर्क गर्नसमेत आग्रह गरिएको छ।





Leave a Reply