ओखलढुङ्गा — सिद्धिचरण नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालनमा रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय दुई दिनका लागि बन्द गर्न अनुरोध गरेको छ।
नगरपालिकाले बिहीबार सूचना जारी गर्दै असोज ८ र ९ गते नगर क्षेत्रका सबै विद्यालयमा बिदा दिन अनुरोध गरेको हो।
नेपालका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, हावाहुरी तथा चट्याङ पर्ने सम्भावना रहेको पूर्वानुमान भएकाले विद्यार्थी, बालबालिका, शिक्षक तथा कर्मचारीलगायत सबैको सुरक्षालाई ध्यानमा राखी विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाले सम्भावित मौसमजन्य जोखिमबाट सुरक्षित रहन आवश्यक पूर्वतयारी र सावधानी अपनाउन समेत विद्यालय, शिक्षक, विद्यार्थी, अभिभावक तथा सरोकारवालालाई आग्रह गरेको छ।
नगरपालिकाले सबै वडा कार्यालयलाई समेत आवश्यक समन्वय गर्न अनुरोध गरेको छ।






Leave a Reply