एमाले केन्द्रीय कमिटी बैठकबाट सरकारविरुद्ध दर्जनौँ प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को तेस्रो केन्द्रीय कमिटी बैठकले सरकारको कार्यशैली, सुशासन, राष्ट्रियता, लोकतन्त्र तथा जनजीविकासँग सम्बन्धित विभिन्न समसामयिक विषयमा प्रस्ताव पारित गरेको छ।

असोज ५ देखि ८ गतेसम्म ललितपुरको भैंसेपाटीस्थित रामबाग महलमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले वर्तमान सरकारका विभिन्न कदमप्रति आपत्ति जनाउँदै प्रस्ताव पारित गरेको हो।

बैठकले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई नयाँ सरकार गठन भएलगत्तै रातारात घर घेराउ गरी पक्राउ गर्न खोजिएको घटनालाई राजनीतिक प्रतिशोधको पराकाष्ठा भएको एमालेको निष्कर्ष रहेको जनाएको छ। उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीको समेत निन्दा गर्दै एमालेले यस्ता गतिविधिले मुलुकलाई मुठभेडतर्फ लैजान सक्ने दाबी गरेको छ।

भदौ २३ र २४ गते भएका घटनाका पछाडि षड्यन्त्र रहेको दाबी गर्दै एमालेले भदौ २४ गते भएको राज्य विध्वंससम्बन्धी घटनाको छानबिनलाई पन्छाउन र दोषीलाई उन्मुक्ति दिन खोजिएको आरोप लगाएको छ। निष्पक्ष छानबिनका लागि तत्काल सक्षम न्यायिक आयोग गठन गर्न तथा यसअघि गठित आयोगका प्रतिवेदन पूर्ण पाठसहित सार्वजनिक गर्न एमालेले माग गरेको छ।

त्यस्तै, सुकुम्बासी बस्तीमा डोजर चलाएर नागरिक विस्थापित गरिएको विषयमा पनि एमालेले सरकारको आलोचना गरेको छ। विस्थापितको उचित व्यवस्थापन हुन नसकेको भन्दै एमालेले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएको छ।

संविधानले सुनिश्चित गरेका ट्रेड युनियन अधिकार, स्ववियु अधिकार तथा सञ्चारमाध्यमको स्वतन्त्रता नियन्त्रण गर्न खोजिएको आरोप लगाउँदै एमालेले सरकारको आलोचना गर्ने नागरिक तथा अभियन्तामाथि पक्राउ र दमन गरिएको दाबी गरेको छ।

संविधान संशोधनका लागि एकपक्षीय कार्यदल गठन गरेर संविधानका आधारभूत स्तम्भ कमजोर पार्न खोजिएको पनि एमालेको आरोप छ। आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्नुपर्ने पक्षमा पार्टी स्पष्ट रहेको जनाउँदै एमालेले संविधानको रक्षाका लागि दृढतापूर्वक उभिने निर्णय गरेको जनाएको छ।

बैठकले बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव, बढ्दो महँगी र कर वृद्धिप्रति पनि सरकारको ध्यानाकर्षण गराएको छ। महँगी नियन्त्रण, ग्यासको सहज आपूर्ति तथा अस्वाभाविक कर फिर्ता लिन माग गर्दै एमालेले उद्योगी–व्यवसायीमाथि हुने आक्रमण र आगजनीमा संलग्नलाई कानुनी कारबाही गर्न माग गरेको छ।
युवामा बढ्दो निराशा, आत्महत्या तथा वैदेशिक पलायन र उद्योगी–व्यवसायीको खस्किँदो मनोबलप्रति पनि बैठकले चिन्ता व्यक्त गरेको एमालेले जनाएको छ।

यसैगरी, राष्ट्रिय हित, प्राकृतिक स्रोतको संरक्षण र नेपालको स्वाभिमानसँग सम्बन्धित विषयमा सरकार गम्भीर बन्नुपर्ने एमालेको भनाइ छ। प्रधानमन्त्रीले संसद्मा दिएको सीमासम्बन्धी अभिव्यक्ति सच्याउन आग्रह गर्दै एमालेले राष्ट्रिय हित, लोकतन्त्र र संविधानको रक्षाका लागि देशभक्त, लोकतान्त्रिक दल तथा नागरिकलाई एकजुट हुन आह्वान गरेको जनाएको छ।
              प्रकाशन मिति: २०८३ असोज ८

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

  • विगुटारमा असोज २७ गते सामाजिक सुरक्षा भत्ता वितरण हुँदै, तीन स्थान तोकिए

    विगुटारमा असोज २७ गते सामाजिक सुरक्षा भत्ता वितरण हुँदै, तीन स्थान तोकिए

    विगुटार, ओखलढुंगा। सिद्धिचरण नगरपालिका–७ नं. वडा कार्यालय, विगुटारले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीका लागि आगामी असोज २७ गते मंगलबार भत्ता वितरण गर्ने भएको छ। वडा कार्यालय र लक्ष्मी सनराइज बैंक, ओखलढुंगाको समन्वयमा सञ्चालन हुने भत्ता वितरण कार्यक्रमका लागि वडाभित्रका तीन स्थान र समय निर्धारण गरिएको वडा कार्यालयले जनाएको छ। निर्धारित तालिकाअनुसार असोज २७ गते…


  • नेपाल टेलिकमको दसैँ धमाका! १२ महिनाको पैसामा १३ महिना फाइबर इन्टरनेट,

    नेपाल टेलिकमको दसैँ धमाका! १२ महिनाको पैसामा १३ महिना फाइबर इन्टरनेट,

    काठमाडौँ। नेपाल टेलिकमले दसैँ, २०८३ को अवसरमा फाइबर इन्टरनेट प्रयोगकर्ताका लागि विशेष अफर सार्वजनिक गरेको छ। कम्पनीले १२ महिनाको शुल्कमा १३ महिनासम्म सेवा उपलब्ध गराउने घोषणा गरेको हो। नेपाल टेलिकमका अनुसार यो अफर कम्तीमा १०० एमबीपीएस क्षमताको फाइबर इन्टरनेट प्याकेज लिने ग्राहकका लागि लागू हुनेछ। त्यस्तै, अफर अवधिमा कुनै पनि प्याकेजमा नयाँ फाइबर इन्टरनेट जडान…


  • ओखलढुङ्गा–रुम्जाटार हवाई टिकट काट्दा परिचयपत्र अनिवार्य, ज्येष्ठ नागरिक र बालबालिकालाई छुट

    ओखलढुङ्गा–रुम्जाटार हवाई टिकट काट्दा परिचयपत्र अनिवार्य, ज्येष्ठ नागरिक र बालबालिकालाई छुट

    ओखलढुङ्गा। नेपाल वायुसेवा निगमको रुम्जाटार स्टेशन कार्यालयले हवाई टिकट लिन आउने यात्रुलाई आफ्नो परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा ल्याउन अनुरोध गरेको छ। निगमको रुम्जाटार स्टेशन कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार ज्येष्ठ नागरिकका लागि हवाई टिकटमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ। उक्त छुट लिन ज्येष्ठ नागरिकले आफ्नो नागरिकताको प्रतिलिपि अनिवार्य रूपमा पेस गर्नुपर्नेछ। त्यसैगरी, बालबालिकाका…


  • ओखलढुङ्गामा रास्वपाको ‘हामी आउँदै छौँ’ अभियानअन्तर्गत भेटघाट तालिका सार्वजनिक

    ओखलढुङ्गामा रास्वपाको ‘हामी आउँदै छौँ’ अभियानअन्तर्गत भेटघाट तालिका सार्वजनिक

    ओखलढुङ्गा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गरिरहेको **‘हामी आउँदै छौँ’ अभियानअन्तर्गत ओखलढुङ्गाका विभिन्न स्थानीय तहमा भेटघाट, छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ। रास्वपा जिल्ला कार्य समिति ओखलढुङ्गाले जारी गरेको सूचनाअनुसार अभियानअन्तर्गत पार्टीका केन्द्रीय सदस्य तथा सांसदहरू स्थानीय तहको भूगोलमा प्रत्यक्ष उपस्थित भई स्थानीय जनता, पार्टीका नेता–कार्यकर्ता तथा नगर/पालिका तहका संगठनसँग भेटघाट, छलफल र…