ओखलढुङ्गा। ओखलढुङ्गाको मोलुङ गाउँपालिकाले स्थानीय सरकारी सेवाअन्तर्गत इन्जिनियरिङ पदमा सेवा करारमा कर्मचारी पदपूर्ति गर्ने भएको छ। गाउँपालिकाले अधिकृतस्तर सातौँ तहको स्थानीय इन्जिनियर पदमा एक जना कर्मचारी माग गर्दै सूचना प्रकाशित गरेको हो।

मोलुङ गाउँ कार्यपालिकाको कार्यालय, प्राप्चा, ओखलढुङ्गाले २०८३ असोज १४ गते प्रकाशित गरेको सूचनाअनुसार एक जना इन्जिनियर माग गरिएको छ। उक्त पदका लागि दरखास्त दस्तुर रु. १ हजार तोकिएको छ।
आवेदन दिनका लागि नेपाल सरकारबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल इन्जिनियरिङमा स्नातक तह (बी.ई.) वा सो सरह उत्तीर्ण गरेको र नेपाल इन्जिनियरिङ परिषद्मा दर्ता भएको हुनुपर्नेछ।
इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात् २०८३ असोज २८ गतेसम्म मोलुङ गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, प्राप्चा, ओखलढुङ्गामा दरखास्त बुझाउनुपर्नेछ। अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसको भोलिपल्ट कार्यालय खुलेको दिन कार्यालय समयभित्र आवेदन दिन सकिनेछ।
पदका लागि लिखित तथा मौखिक परीक्षा हुने गाउँपालिकाले जनाएको छ। छनोट प्रक्रिया मोलुङ गाउँपालिकाको ‘सेवा करारमा कर्मचारी पदपूर्ति गर्ने कार्यविधि, २०८०’ बमोजिम हुनेछ।

आवेदनसँग नेपाली नागरिकताको प्रमाणपत्र, न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र तथा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, दुई प्रति पासपोर्ट साइज फोटो र दरखास्त दस्तुर बुझाएको सक्कल रसिद संलग्न गर्नुपर्नेछ।
दरखास्त फाराम मोलुङ गाउँपालिका कार्यालय तथा गाउँपालिकाको वेबसाइट www.molungmun.gov.np बाट प्राप्त गर्न सकिने सूचनामा उल्लेख छ।






Leave a Reply