ओखलढुङ्गा। नेपाल वायुसेवा निगमको रुम्जाटार स्टेशन कार्यालयले हवाई टिकट लिन आउने यात्रुलाई आफ्नो परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा ल्याउन अनुरोध गरेको छ।
निगमको रुम्जाटार स्टेशन कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार ज्येष्ठ नागरिकका लागि हवाई टिकटमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ। उक्त छुट लिन ज्येष्ठ नागरिकले आफ्नो नागरिकताको प्रतिलिपि अनिवार्य रूपमा पेस गर्नुपर्नेछ।

त्यसैगरी, बालबालिकाका लागि हवाई टिकटमा २५ प्रतिशत छुटको व्यवस्था रहेको र छुट लिन जन्मदर्ताको फोटोकपी अनिवार्य रूपमा आवश्यक पर्ने निगमले जनाएको छ।
निगमले यात्रुहरूलाई टिकट काट्न आउँदा आवश्यक कागजात साथमा लिएर आउन आग्रह गरेको छ।
नेपाल वायुसेवा निगमको रुम्जाटार स्टेशन कार्यालयका अनुसार काठमाडौं–रुम्जाटार र रुम्जाटार–काठमाडौं हवाई उडान सातामा दुई दिन आइतबार र बुधबार सञ्चालन हुँदै आएको छ।
स्रोत: नेपाल वायुसेवा निगम, स्टेशन कार्यालय रुम्जाटार।





Leave a Reply