ओखलढुङ्गा — खिजीदेम्वा गाउँपालिकाले गाउँपालिकाको आधारभूत अस्पतालका लागि मेडिकल अधिकृत नियुक्त गर्ने भएको छ। गाउँपालिकाले एक जना मेडिकल अधिकृतलाई सेवा करारमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न दोस्रो पटक सूचना प्रकाशित गरेको हो।
गाउँपालिका र सिप्टुङ सोवा रिग्पा (सोवा रिग्पा फाउण्डेसन) बीच भएको सम्झौताअनुसार खिजीदेम्वा गाउँपालिका आधारभूत अस्पतालमा चिकित्सकको व्यवस्थापन गरी सेवा सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ।
मेडिकल अधिकृतका लागि अधिकृतस्तर आठौँ तह तोकिएको छ भने एक पदका लागि आवेदन माग गरिएको छ। इच्छुक उम्मेदवारले एमबीबीएस उत्तीर्ण गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता तथा नवीकरण भएको हुनुपर्नेछ।
आवेदक नेपाली नागरिक हुनुपर्ने, १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने र अनुभवसम्बन्धी प्रमाणित कागजातसमेत पेश गर्नुपर्नेछ।
गाउँपालिकाका अनुसार आवेदन २०८३ असोज १५ गते कार्यालय समयभित्र बुझाउनुपर्नेछ। आवेदन दस्तुर रु. १ हजार २०० तोकिएको छ। परीक्षा भने मौखिक/अन्तरवार्ताबाट हुने र परीक्षा मिति सम्पर्क मितिमा तोकिने जनाइएको छ।
२०८३ असोज १६ गते सम्पर्क मिति तोकिएको छ। दरखास्त फाराम गाउँपालिकाको वेबसाइटबाट डाउनलोड गर्न सकिनेछ।
थप जानकारीका लागि गाउँपालिकाले ९८६११३६५१७, ९८५२८४०५९३ र ९८४९६७००८९ नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ।

प्रकाशन मिति: २०८३ असोज ८ गते






Leave a Reply