भारी वर्षाको जोखिम बढेपछि ७७ जिल्लामा प्रशासनलाई उच्च सतर्कताको निर्देशन

काठमाडौं । भारी वर्षासँगै बाढी, पहिरो र डुबानको जोखिम बढेपछि गृह मन्त्रालयले देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि १० बुँदे सर्कुलर जारी गरेको छ।


सर्कुलरमार्फत जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन तथा सुरक्षाकर्मीलाई जुनसुकै बेला परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ। त्यस्तै, जिल्लास्थित अस्पताल, नर्सिङ होम, स्वास्थ्य केन्द्र तथा एम्बुलेन्सलाई समेत तयारी अवस्थामा राख्न भनिएको छ।
गृह मन्त्रालयले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८३ र जिल्लागत कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रशासनलाई निर्देशन दिएको छ।

साथै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसमसम्बन्धी सूचना तथा यात्रा सुझाव सर्वसाधारणसम्म पुर्‍याउन भनिएको छ।
भारी वर्षाको जोखिम रहेका क्षेत्रमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सर्वसाधारणलाई सचेत गराउन पनि जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिइएको छ।


त्यसैगरी, जोखिमयुक्त अवधिमा पर्यटक तथा सर्वसाधारणलाई ट्रेकिङमा नजान आग्रह गर्न र ट्रेकिङमा गइसकेकालाई सुरक्षित स्थानमा फर्काउन आवश्यक सहजीकरण गर्न भनिएको छ।


भारी वर्षाको पूर्वानुमान भएका क्षेत्र तथा नदी–खोला किनारका बस्तीमा माइकिङमार्फत तत्काल सूचना प्रवाह गर्ने, नदी तटीय क्षेत्रमा टोली परिचालन गरी स्थानीयलाई सतर्क गराउने र जोखिममा रहेका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरणको व्यवस्था मिलाउन प्रशासनलाई निर्देशन दिइएको छ।
सर्कुलरमा महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा बालबालिकालाई विपद्का समयमा विशेष जोखिम हुने भएकाले उनीहरूको सुरक्षामा प्राथमिकता दिन सम्बन्धित निकाय तथा संघसंस्थासँग समन्वय गर्न पनि भनिएको छ।
प्रकाशित मिति : २०८३ असोज ८ गते

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

  • विगुटारमा असोज २७ गते सामाजिक सुरक्षा भत्ता वितरण हुँदै, तीन स्थान तोकिए

    विगुटारमा असोज २७ गते सामाजिक सुरक्षा भत्ता वितरण हुँदै, तीन स्थान तोकिए

    विगुटार, ओखलढुंगा। सिद्धिचरण नगरपालिका–७ नं. वडा कार्यालय, विगुटारले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीका लागि आगामी असोज २७ गते मंगलबार भत्ता वितरण गर्ने भएको छ। वडा कार्यालय र लक्ष्मी सनराइज बैंक, ओखलढुंगाको समन्वयमा सञ्चालन हुने भत्ता वितरण कार्यक्रमका लागि वडाभित्रका तीन स्थान र समय निर्धारण गरिएको वडा कार्यालयले जनाएको छ। निर्धारित तालिकाअनुसार असोज २७ गते…


  • नेपाल टेलिकमको दसैँ धमाका! १२ महिनाको पैसामा १३ महिना फाइबर इन्टरनेट,

    नेपाल टेलिकमको दसैँ धमाका! १२ महिनाको पैसामा १३ महिना फाइबर इन्टरनेट,

    काठमाडौँ। नेपाल टेलिकमले दसैँ, २०८३ को अवसरमा फाइबर इन्टरनेट प्रयोगकर्ताका लागि विशेष अफर सार्वजनिक गरेको छ। कम्पनीले १२ महिनाको शुल्कमा १३ महिनासम्म सेवा उपलब्ध गराउने घोषणा गरेको हो। नेपाल टेलिकमका अनुसार यो अफर कम्तीमा १०० एमबीपीएस क्षमताको फाइबर इन्टरनेट प्याकेज लिने ग्राहकका लागि लागू हुनेछ। त्यस्तै, अफर अवधिमा कुनै पनि प्याकेजमा नयाँ फाइबर इन्टरनेट जडान…


  • ओखलढुङ्गा–रुम्जाटार हवाई टिकट काट्दा परिचयपत्र अनिवार्य, ज्येष्ठ नागरिक र बालबालिकालाई छुट

    ओखलढुङ्गा–रुम्जाटार हवाई टिकट काट्दा परिचयपत्र अनिवार्य, ज्येष्ठ नागरिक र बालबालिकालाई छुट

    ओखलढुङ्गा। नेपाल वायुसेवा निगमको रुम्जाटार स्टेशन कार्यालयले हवाई टिकट लिन आउने यात्रुलाई आफ्नो परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा ल्याउन अनुरोध गरेको छ। निगमको रुम्जाटार स्टेशन कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार ज्येष्ठ नागरिकका लागि हवाई टिकटमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ। उक्त छुट लिन ज्येष्ठ नागरिकले आफ्नो नागरिकताको प्रतिलिपि अनिवार्य रूपमा पेस गर्नुपर्नेछ। त्यसैगरी, बालबालिकाका…


  • ओखलढुङ्गामा रास्वपाको ‘हामी आउँदै छौँ’ अभियानअन्तर्गत भेटघाट तालिका सार्वजनिक

    ओखलढुङ्गामा रास्वपाको ‘हामी आउँदै छौँ’ अभियानअन्तर्गत भेटघाट तालिका सार्वजनिक

    ओखलढुङ्गा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गरिरहेको **‘हामी आउँदै छौँ’ अभियानअन्तर्गत ओखलढुङ्गाका विभिन्न स्थानीय तहमा भेटघाट, छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ। रास्वपा जिल्ला कार्य समिति ओखलढुङ्गाले जारी गरेको सूचनाअनुसार अभियानअन्तर्गत पार्टीका केन्द्रीय सदस्य तथा सांसदहरू स्थानीय तहको भूगोलमा प्रत्यक्ष उपस्थित भई स्थानीय जनता, पार्टीका नेता–कार्यकर्ता तथा नगर/पालिका तहका संगठनसँग भेटघाट, छलफल र…