काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका पुगेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) स्वदेश फर्किएका छन्।
महासभामा सम्बोधन गर्दै शाहले नेपालमा आएको भोटेकोशी–त्रिशूली बाढीलाई जलवायु परिवर्तनबाट बढ्दो जोखिमको उदाहरणका रूपमा प्रस्तुत गरेका थिए। उनले हिमाली क्षेत्रमा बाढी, पहिरो र हिमनदी पग्लिने जोखिमबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए।

शाहले जलवायु संकटमा नेपालको योगदान न्यून भए पनि त्यसको ठूलो असर नेपालजस्ता देशले व्यहोर्नुपरेको उल्लेख गर्दै जलवायु न्यायलाई व्यवहारमै लागू गर्नुपर्ने धारणा राखेका थिए।






Leave a Reply