ओखलढुङ्गाको सिनपा ७ बिगुटार घुन्सा सडक स्तरोन्नतिका लागि ठेक्का आह्वान”

ओखलढुङ्गा। सिद्धिचरण नगरपालिका–७, बिगुटारमा सडक स्तरोन्नति हुने भएको छ। नगरपालिकाले बिगुटार छिर्ने घुन्सा गेटदेखि वडा नं. ७ को वडा कार्यालयसम्म जाने सडक स्तरोन्नतिका लागि ठेक्का आह्वान गरेको छ।

वडाध्यक्ष भलबहादुर कटवालका अनुसार करिब ८० लाख रुपैयाँको बजेटमा घुन्सा गेटदेखि अगाडि सडक स्तरोन्नतिको काम अघि बढाउन लागिएको हो। सडकमा करिब ७ मिटरको पक्की नालीसहित सडक स्तरोन्नति गर्ने योजना रहेको वडाध्यक्ष कटवालले जानकारी दिएका छन्।

सिद्धिचरण नगरपालिकाले २०८३ असोज ९ गते (२५ सेप्टेम्बर २०२६) ठेक्का आह्वानसम्बन्धी सूचना प्रकाशित गरेको हो। सूचनाअनुसार उक्त सडक स्तरोन्नति कार्यका लागि अनुमानित लागत ७० लाख ९२ हजार २०५ रुपैयाँ ४७ पैसा रहेको छ। उक्त रकममा मूल्य अभिवृद्धि कर (VAT) र कन्टिन्जेन्सी समावेश छैन भने PS समावेश गरिएको छ।

ठेक्का प्रक्रियामा सहभागी हुन चाहने योग्य नेपाली निर्माण व्यवसायीले २०८३ असोज २९ गते (१५ अक्टोबर २०२६) सम्म कार्यालय समयमा सिद्धिचरण नगरपालिकाको कार्यालयबाट बोलपत्रसम्बन्धी कागजात खरिद गर्न सक्नेछन्। बोलपत्र कागजातका लागि ३ हजार रुपैयाँ दस्तुर तोकिएको छ।

बोलपत्र २०८३ असोज ३० गते (१६ अक्टोबर २०२६) दिउँसो १२ बजेसम्म सिद्धिचरण नगरपालिकाको कार्यालयमा बुझाइसक्नुपर्नेछ। प्राप्त बोलपत्र सोही दिन दिउँसो १ बजे खोलिने नगरपालिकाले जनाएको छ।

वडाध्यक्ष कटवालले सडक स्तरोन्नतिको ठेक्का प्रक्रिया अघि बढेको जानकारी दिँदै बिगुटारवासीका लागि सडक पूर्वाधार सुधारको काम अगाडि बढ्न लागेको बताएका छन्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

  • विगुटारमा असोज २७ गते सामाजिक सुरक्षा भत्ता वितरण हुँदै, तीन स्थान तोकिए

    विगुटारमा असोज २७ गते सामाजिक सुरक्षा भत्ता वितरण हुँदै, तीन स्थान तोकिए

    विगुटार, ओखलढुंगा। सिद्धिचरण नगरपालिका–७ नं. वडा कार्यालय, विगुटारले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीका लागि आगामी असोज २७ गते मंगलबार भत्ता वितरण गर्ने भएको छ। वडा कार्यालय र लक्ष्मी सनराइज बैंक, ओखलढुंगाको समन्वयमा सञ्चालन हुने भत्ता वितरण कार्यक्रमका लागि वडाभित्रका तीन स्थान र समय निर्धारण गरिएको वडा कार्यालयले जनाएको छ। निर्धारित तालिकाअनुसार असोज २७ गते…


  • नेपाल टेलिकमको दसैँ धमाका! १२ महिनाको पैसामा १३ महिना फाइबर इन्टरनेट,

    नेपाल टेलिकमको दसैँ धमाका! १२ महिनाको पैसामा १३ महिना फाइबर इन्टरनेट,

    काठमाडौँ। नेपाल टेलिकमले दसैँ, २०८३ को अवसरमा फाइबर इन्टरनेट प्रयोगकर्ताका लागि विशेष अफर सार्वजनिक गरेको छ। कम्पनीले १२ महिनाको शुल्कमा १३ महिनासम्म सेवा उपलब्ध गराउने घोषणा गरेको हो। नेपाल टेलिकमका अनुसार यो अफर कम्तीमा १०० एमबीपीएस क्षमताको फाइबर इन्टरनेट प्याकेज लिने ग्राहकका लागि लागू हुनेछ। त्यस्तै, अफर अवधिमा कुनै पनि प्याकेजमा नयाँ फाइबर इन्टरनेट जडान…


  • ओखलढुङ्गा–रुम्जाटार हवाई टिकट काट्दा परिचयपत्र अनिवार्य, ज्येष्ठ नागरिक र बालबालिकालाई छुट

    ओखलढुङ्गा–रुम्जाटार हवाई टिकट काट्दा परिचयपत्र अनिवार्य, ज्येष्ठ नागरिक र बालबालिकालाई छुट

    ओखलढुङ्गा। नेपाल वायुसेवा निगमको रुम्जाटार स्टेशन कार्यालयले हवाई टिकट लिन आउने यात्रुलाई आफ्नो परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा ल्याउन अनुरोध गरेको छ। निगमको रुम्जाटार स्टेशन कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार ज्येष्ठ नागरिकका लागि हवाई टिकटमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ। उक्त छुट लिन ज्येष्ठ नागरिकले आफ्नो नागरिकताको प्रतिलिपि अनिवार्य रूपमा पेस गर्नुपर्नेछ। त्यसैगरी, बालबालिकाका…


  • ओखलढुङ्गामा रास्वपाको ‘हामी आउँदै छौँ’ अभियानअन्तर्गत भेटघाट तालिका सार्वजनिक

    ओखलढुङ्गामा रास्वपाको ‘हामी आउँदै छौँ’ अभियानअन्तर्गत भेटघाट तालिका सार्वजनिक

    ओखलढुङ्गा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गरिरहेको **‘हामी आउँदै छौँ’ अभियानअन्तर्गत ओखलढुङ्गाका विभिन्न स्थानीय तहमा भेटघाट, छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ। रास्वपा जिल्ला कार्य समिति ओखलढुङ्गाले जारी गरेको सूचनाअनुसार अभियानअन्तर्गत पार्टीका केन्द्रीय सदस्य तथा सांसदहरू स्थानीय तहको भूगोलमा प्रत्यक्ष उपस्थित भई स्थानीय जनता, पार्टीका नेता–कार्यकर्ता तथा नगर/पालिका तहका संगठनसँग भेटघाट, छलफल र…