ओखलढुङ्गा खिजीदेम्वा गाउँपालिकामा दुई स्वास्थ्यकर्मी छनोट

ओखलढुङ्गा — खिजीदेम्वा गाउँपालिकाले अ.हे.व. (सहायक चौथो) पदमा दुई जना कर्मचारी छनोट तथा सिफारिस गरेको छ।
गाउँ कार्यपालिकाको कार्यालय, खिजीफलाटेले लिखित परीक्षा तथा अन्तरवार्तामा सहभागी उम्मेदवारको प्राप्ताङ्कका आधारमा अन्तिम नतिजा सार्वजनिक गर्दै सुजन तामाङ र सुजन घिमिरेलाई छनोट तथा सिफारिस गरेको हो।
छनोट भएका तामाङ सोलुदुधकुण्ड नगरपालिका–३, सोलुखुम्बु र घिमिरे खिजीदेम्वा गाउँपालिका–१, ओखलढुङ्गाका रहेका छन्।
त्यस्तै, वैकल्पिक योग्यताक्रममा राजकुमार शाह हलुवाई, बलराम दाहाल र अब्देश भट्टराई रहेका छन्।
गाउँपालिकाले छनोट भएका उम्मेदवारलाई ७ दिनभित्र सक्कल कागजातसहित सेवा करार सम्झौताका लागि कार्यालयमा उपस्थित हुन सूचित गरेको छ।
यसैगरी, मेडिकल अफिसर पदका लागि उम्मेदवार परीक्षामा अनुपस्थित भएपछि उक्त पदमा कुनै उम्मेदवार छनोट हुन नसकेको गाउँपालिकाले जनाएको छ।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

  • विगुटारमा असोज २७ गते सामाजिक सुरक्षा भत्ता वितरण हुँदै, तीन स्थान तोकिए

    विगुटारमा असोज २७ गते सामाजिक सुरक्षा भत्ता वितरण हुँदै, तीन स्थान तोकिए

    विगुटार, ओखलढुंगा। सिद्धिचरण नगरपालिका–७ नं. वडा कार्यालय, विगुटारले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीका लागि आगामी असोज २७ गते मंगलबार भत्ता वितरण गर्ने भएको छ। वडा कार्यालय र लक्ष्मी सनराइज बैंक, ओखलढुंगाको समन्वयमा सञ्चालन हुने भत्ता वितरण कार्यक्रमका लागि वडाभित्रका तीन स्थान र समय निर्धारण गरिएको वडा कार्यालयले जनाएको छ। निर्धारित तालिकाअनुसार असोज २७ गते…


  • नेपाल टेलिकमको दसैँ धमाका! १२ महिनाको पैसामा १३ महिना फाइबर इन्टरनेट,

    नेपाल टेलिकमको दसैँ धमाका! १२ महिनाको पैसामा १३ महिना फाइबर इन्टरनेट,

    काठमाडौँ। नेपाल टेलिकमले दसैँ, २०८३ को अवसरमा फाइबर इन्टरनेट प्रयोगकर्ताका लागि विशेष अफर सार्वजनिक गरेको छ। कम्पनीले १२ महिनाको शुल्कमा १३ महिनासम्म सेवा उपलब्ध गराउने घोषणा गरेको हो। नेपाल टेलिकमका अनुसार यो अफर कम्तीमा १०० एमबीपीएस क्षमताको फाइबर इन्टरनेट प्याकेज लिने ग्राहकका लागि लागू हुनेछ। त्यस्तै, अफर अवधिमा कुनै पनि प्याकेजमा नयाँ फाइबर इन्टरनेट जडान…


  • ओखलढुङ्गा–रुम्जाटार हवाई टिकट काट्दा परिचयपत्र अनिवार्य, ज्येष्ठ नागरिक र बालबालिकालाई छुट

    ओखलढुङ्गा–रुम्जाटार हवाई टिकट काट्दा परिचयपत्र अनिवार्य, ज्येष्ठ नागरिक र बालबालिकालाई छुट

    ओखलढुङ्गा। नेपाल वायुसेवा निगमको रुम्जाटार स्टेशन कार्यालयले हवाई टिकट लिन आउने यात्रुलाई आफ्नो परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा ल्याउन अनुरोध गरेको छ। निगमको रुम्जाटार स्टेशन कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार ज्येष्ठ नागरिकका लागि हवाई टिकटमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ। उक्त छुट लिन ज्येष्ठ नागरिकले आफ्नो नागरिकताको प्रतिलिपि अनिवार्य रूपमा पेस गर्नुपर्नेछ। त्यसैगरी, बालबालिकाका…


  • ओखलढुङ्गामा रास्वपाको ‘हामी आउँदै छौँ’ अभियानअन्तर्गत भेटघाट तालिका सार्वजनिक

    ओखलढुङ्गामा रास्वपाको ‘हामी आउँदै छौँ’ अभियानअन्तर्गत भेटघाट तालिका सार्वजनिक

    ओखलढुङ्गा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गरिरहेको **‘हामी आउँदै छौँ’ अभियानअन्तर्गत ओखलढुङ्गाका विभिन्न स्थानीय तहमा भेटघाट, छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ। रास्वपा जिल्ला कार्य समिति ओखलढुङ्गाले जारी गरेको सूचनाअनुसार अभियानअन्तर्गत पार्टीका केन्द्रीय सदस्य तथा सांसदहरू स्थानीय तहको भूगोलमा प्रत्यक्ष उपस्थित भई स्थानीय जनता, पार्टीका नेता–कार्यकर्ता तथा नगर/पालिका तहका संगठनसँग भेटघाट, छलफल र…